आर्थिक

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा १ खर्ब बढी राजश्व संकलन

- शंकर आचार्यवीरगञ्ज

पर्सास्थित वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा १ खर्ब रुपैयाँ बढीको राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार वीरगञ्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट सो बराबरको राजस्श संकलन भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयले फागुन महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले फागुन महिनामा १ खर्ब ४० अर्ब ३५ करोड ४२ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेको थियो । लक्ष्यको ७७ दशमलव ८ प्रतिशत अर्थात १ खर्ब ९ अर्ब १६ करोड रुपैया राजश्व संकलन गरेको कार्यालयको तथ्यांक छ ।

त्यस्तै, सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यको ८३ दशमलव ११ प्रतिशत मात्र राजस्व संकलन भएको हो । कार्यालयले फागुन मसान्त सम्ममा ३८ अर्ब ७७ करोड रुपैया राजश्व संकलनको लक्ष्य पाएकोमा सिर्सिया सुक्खा बन्दरगाह भन्सारबाट फागुन महिनामा ३२ अर्ब २२ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै दुबै भन्सार कार्यालयको लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेपनि राजस्वको असुलीमा भने गत महिनाको तुलनामा सामान्य सुधार भएको हो ।