आर्थिक

आयाल निगमले घटायो इन्धनको मुल्य, पेट्रोल ५ रुपौयाँ सस्तो पर्ने

- केएफएम डेस्ककाठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले तोकेको नयाँ मूल्य अनुसार आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल ५ रुपौयाँले घटेको छ । त्यस्तै डिजेल तथा मट्टितेल भने प्रति लिटर ४ रुपैयाँले घटेको आयल निगमले जनाएको छ । नयाँ मूल्य समायोजन अनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय ६३ र डिजेल तथा मट्टीतेल १ सय ५१ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।