पेट्रोलियम पदार्थको मुल्य घट्यो
-नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको हो । नयाँ मूल्यसूचीअनुसार उपत्यकामा प्रतिलिटर पेट्रोल १ सय ६० रुपैयाँ र डिजेल र मट्टितेल १ सय ४६ रुपैयाँ पर्नेछ । नयाँ मूल्य आजै राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।