आर्थिक

राष्ट्रिय हेम्जा आलु महोत्सवमा ४१ लाख बराबरको आलु बिक्री

- केएफएम डेस्ककाठमाडौं

पोखरामा आयोजित राष्ट्रिय हेम्जा आलु महोत्सवमा ४१ लाख रुपैयाँ बराबरको आलु बिक्री भएको छ ।

 पोखरा महानगरपालिका–२५ हेम्जामा विष्णुपादुका युवा क्लबको आयोजनामा ११ दिनसम्म चलेको महोत्सवमा स्थानीय आलु बिक्रीमा राखिएको थियो । महोत्सवमा ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको क्लबका सचिव हिक्मतबहादुर थापाले जानकारी दिए । त्यसमध्ये ४१ लाख रुपैयाँ बराबरको ९७ हजार ६ सय किलो आलु बिक्री भएको हो । महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोबार भएको थियो ।

आलु बिक्री गर्न आलुको पहाड नै बनाइएको थियो । स्वादिष्ट र छिटो पाक्ने भएकाले हेमजामा उत्पादित आलु निकै रुचाइन्छ । महोत्सवमा आलुबाहेक अन्य तरकारीको खरिद बिक्री, आलुका परिकार बिक्री, माटो तथा बोटविरुवा परीक्षण, कृषि यन्त्र प्रदर्शनी तथा रोगको निदानबारे जानकारी र कृषक तथा कृषि सम्बन्धी सांस्कृतिक कार्यक्रम भएका थिए ।