पर्साका २ भन्सार कार्यालयबाट १ खर्ब रुपैयाँ बढी राजस्व संकलन
-वीरगन्जस्थित २ वटा भन्सारबाट चालु आर्थिक वर्षको चैत महिनामा १ खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ ।
वीरगञ्ज र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले चैत महिनामा १ खर्ब ६० अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको जनाएको हो । वीरगन्ज भन्सार कार्यालय एक्लैले चैत मसान्त सम्ममा १ खर्ब २४ अर्ब ६३ करोड ९४ लाख ४४ हजार रुपैया राजश्व संकलन गरेको छ । सो भन्सारबाट राजश्व असूलीमा सर्वाधिक योगदान गर्ने बस्तु इन्धन र नया सवारी साधन हुन् ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व असूलीमा सुधार हुदै गएको बताउनुभयो । त्यस्तै वीरगन्जकै अर्को भन्सार सिर्सिया सुक्खा बन्दरगाह भन्सारले चालु आर्थिक वर्षको पहिलो नौं महिनामा ३६ अर्ब ८३ करोड रुपैया बढी राजश्व संकलन गरेको कार्यालयको तथ्यांक छ ।
पछिलो समय अन्य बस्तुको आयात सामान्य अवस्थामै रहेपनि फलामजन्य बस्तुको आयात बढेकाले राजस्व असूलीमा सकारत्मक देखिएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।
प्र