नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना गर्ने समझदारी
- काठमाडौंनेपाल र भारतबीच चार सय केभीको दोधारा–बरेली र इनरुवा–न्यू पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना गर्ने समझदारी भएको छ ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा हिजो सो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालको विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन मातहत संयुक्त कम्पनी खडा हुने भएको हो ।
खट्टरले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
ऊर्जामन्त्री दीपक खड्काले नेपाल–भारत ऊर्जा सहकार्यलाई ‘साझा समृद्धिको प्रतीक’को रुपमा व्याख्या गर्दै इनरुवा–न्यु पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइनलाई केवल संरचना नभई आपसी विश्वास र दीगो विकासतर्फको साझा यात्रा भएको दाबी गर्नुभयो ।