सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह
- काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भइसकेकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन ’हरेक दिन एक पाइला अगाडि’ भन्ने सोचका साथ काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लुबुक) नागरिक एपमा आबद्ध गर्ने कार्यको सुरुवात समेत गर्नुभयो । सो अवसरमा राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्राध्यापक शशीधर राम जोशीसहित विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको थियो।