अप्रिल महिनामा १ लाख बढी पर्यटक नेपाल भित्रिए
- काठमाडौंसन २०२५ को अप्रिल महिनामा विभिन्न देशबाट १ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको अप्रिल महिनामा १ लाख १६ हजार ४ सय ९० जना पर्यटक भित्रिएका हुन् । गत वर्षको सोही समयको तुलनामा यस वर्षको अप्रिलमा ४ दशमलव ६ प्रतिशतले पर्यटकको संख्या बढेको छ ।
गत वर्षको अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार बङ्गलादेश, भुटान, पाकिस्तान, श्रीलंका, म्यानमार, थाइल्याण्ड डेनमार्क, फिनल्याण्ड, जर्मनी, आइरल्याण्ड, इटाली, नेदरल्याण्ड, स्पेनबाट आउने पर्यटकको संख्या बढेको तथ्यांक छ भने चीन ,इन्डोनेसिया, दक्षिण कोरिया, फ्रान्सबाट आउने पर्यटकको संख्या घटेको छ ।
त्यस्तै सार्क मुलुकबाट नेपालमा घुम्न आउने पर्यटकमा सबैभन्दा धेरै पर्यटक भारतीय रहेका छन् । भारतबाट २५ हजार ९ सय ३३ जना पर्यटक भित्रिएका छन् ।