पेट्रोलको मूल्य २ रुपैयाँ बढ्यो, एलपी ग्यासको यथावत
- काठमाडौं
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा भने एक÷एक रुपैयाँ मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
यस्तै हवाइ इन्धनको मूल्य भने घटेको छ । निगमले विज्ञप्ती जारी गर्दै आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले मूल्य घटेको जनाएको हो ।
यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ५९ रुपैयाँ पर्नेछ । यस्तै खाना पकाउने एलपी ग्यासको यथावत राखिएको आयाल निगमको विज्ञप्तीमा उल्लेख छ ।
