आर्थिक

काँकडभिट्टाबाट चार अर्ब ७५ करोड रुपैयाँ बढीको सामान आयात

- केएफएम डेस्ककाठमाडौं

चालु आर्थिक वर्ष २०८१÷०८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बंगलादेशबाट चार अर्ब ७५ करोड रुपैया भन्दा बढीको मालसामान आयात भएको छ । 

नेपालबाट भने ३५ करोड ६२ लाख रुपैया भन्दा बढीको सामान बगंलादेश निर्यात भएका छन् । काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सवैभन्दा धेरै एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट नेपाल भित्रिएको छ ।

 यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायत छन् ।