आर्थिक

सामसङ इन्स्टा फाईनान्स अब अझ सजिलो

- केएफएम डेस्क

सामसङ नेपालले आफ्ना ग्राहकहका लागि अप्लाइन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ । अब यो सेवा लिनको लागि नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको हो । पहिले टिभीको लागि कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरुका लागि थप कागजात आवयक पर्ने अवस्था थियो । तर अबदेखि यो सुविधा सबै सामसङ होम अलाउन्सहरुमा पनि लागू गरिएको छ ।

अब ग्राहकहरुले नयाँ टिभी वा होम अप्लाइन्समा आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २–२ वटा पासपोर्ट साइजको फोटो लिएर, फारम बुझाएर एक घण्टाभित्रै सामान घर लैजान सक्ने कम्पनीले जनाएको छ । यो सेवा २०८२ जेठ १९ गतेबाट लागू भएको हो । ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि , १२ महिनाको किस्तामा ०% ब्याजदरमा उपलब्ध हुने पनि जनाइएको छ । सेवा ३० हजार वा सो भन्दा बढी मूल्य भएका सामसङ टि भी र होम अलायन्सहरुमा लागु हुने पनि बताइएको छ ।