आर्थिक

टेक एण्ड पे संशोधन हुने उर्जामन्त्री खड्काको भनाइ

- केएफएम डेस्क

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख गरिएको ‘टेक एन्ड पे’को विषय संशोधनका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको जानकारी दिनुभएको छ । संसद बैठकमा बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले ‘टेक एन्ड पे’बारे अर्थमन्त्री विष्णु पौडेलसँग छलफल भइरहेको र संशोधन हुने बताउनु भएको हो ।

मन्त्री खड्काले १० मेगावाटसम्मका साना जलविद्युत् आयोजना र निर्यात सुनिश्चित भएका आयोजनाको ‘टेक अर पे’ मै पीपीए गर्ने बताउनु भयो । यसका लागि आफुले जेठ २७ मै पत्र पठाएर संशोधन गर्न आग्रह गरेको मन्त्री खड्काको भनाइ छ । अर्थ मन्त्रालयले बजेटमा उर्जा मन्त्रालयलाई समेत जानकारी नदिई ‘टेक एन्ड पे’को व्यवस्था गरेपछि सो व्यवस्था विरुद्ध उर्जा व्यवसायी विरोधमा उत्रिएका छन् ।