वीरगञ्ज भन्सारमा पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन
- काठमाडौंवीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थको आयातबाट सबैभन्दा धेरै राजस्व संकलन गरेको छ ।
कार्यालयले झण्डै एक वर्षमा पेट्रोलियमपदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको हो । सरकारले विभिन्न ५ प्रकारका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ रकम खर्चिएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने जानकारी दिनुभयो ।
दोस्रो धेरै राजस्व भने सवारी साधन र तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ रकम प्राप्त भएको छ।