आर्थिक

तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाईनमा जडान

- केएफएम डेस्ककाठमाडौं

सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ ।

सोलुखोलामा निर्माण सम्पन्न भएको सो आयोजनाको सोलु करिडोरको १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो । 

निजी लगानीमा यो आयोजना सोलु हाइड्रोपावर लिमिटेडद्वारा निर्माण गरिएको हो । सन् २०१६ मा निर्माण सुरु भएको सो आयोजना १६ अर्बको लगानीमा निर्माण सम्पन्न भएको हो । आगामी सेप्टेम्बर २०२५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ३ महिना अघि पूरा भएको हो ।

 तल्लो सोलु आयोजनाबाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा अधिकतम ८२ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ ।