“ग्यालेक्सी वाच–८” सिरिज सार्वजनिक
काठमाडौंसामसङले नेपाली बजारमा स्मार्टवाच “ग्यालेक्सी वाच–८” सिरिज सार्वजनिक गरेको छ । उक्त सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडिएको सामसुङको भनाइ छ । सामसुङका अनुसार “ग्यालेक्सी वाच–८” पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्¥याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेन्सरसहित तयार पारिएको सिरिज हो ।
सामसङ हेल्थ जस्ता एपबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता काम सहज रुपमा गर्न मिल्ने प्रविधि उक्त सिरिजमा राखिएको छ । “ग्यालेक्सी वाच–८” ले स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको दावी सामसुङको छ ।
बजारमा ५४ हजार ९ सय ९९ रुपैैयाँ पर्ने ४० एमएम, ५९ हजार ९ सय ९९ रुपैयाँ पर्ने ४४ एमएम र ७४ हजार ९ सय ९९ रुपैयाँ पर्ने ४६ एमएमको गरी तीन वटा डिजाइनका स्मार्ट वाच ल्याइएको कम्पनीले जनाएको छ ।