माथिल्लो सेती जलविद्युत् आयोजनालाई लागानी जुट्यो
- काठमाडौंसुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २ सय १६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।
सो जलविद्युत् आयोजना निर्माण गर्ने कुमारी बैंकको नेतृत्वमा १३ बैंकले ४१ अर्ब ६० करोड रुपैयाँ लगानी गर्नेभएका हुन् । साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने आयोजनाका लागि कुमारी बैंक लिमिटेडको नेतृत्व तथा एनएमबी बैंकको सह–नेतृत्वमा लगानी जुटेको हो ।
कुमारी बैंक र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । करिब ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइनेछ । पाँच वर्षभित्र आयोजना सम्पन्न गरी २०८८ असार ३१ भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।