आर्थिक

भारतले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्ने

- केएफएम डेस्ककाठमाडौं

भारतले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्ने भएको छ । मेवा खोला र करुवा सेती जलविद्युत् आयोजनाको ८० मेगावाट बिजुली खरिद गर्ने भएको हो । 

भारतले खरिदका लागि स्वीकृति दिएसँगै ४८ दशमलव ५ मेगावाटको मेवा खोला र ३१ दशमलव ४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न बाटो खुलेको हो ।

 भारतसँगै नेपालले बगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ । वर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ ।