इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने - महासंघ
देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गरी देशभर रहेका यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेट लगाउने प्रविधिको विकास नभएकाले तत्काल सो निर्णय कार्यान्वयन गर्न नसकिने जनाएको । महासंघले इम्बोस्ड नम्बर प्लेट लगाउने विषयमा सर्वोच्च अदालतबाट भएको फैसलालाई भने स्वागत गरेको जनाएको छ । वर्तमान अवस्थामा इम्बोस्ड नम्बर लगाउन जाने सार्वजनिक सवारीका साधनका व्यवसायीले पुरानै नम्बरमा कर तिर्ने कागजपत्र नवीकरण गर्ने र इम्बोस्ड नम्बरको राजस्व मात्र लिएको र भौतिक पूर्वाधारविना राजस्व असुली गर्ने कार्य न्यायोचित नभएको हुँदा तत्काल जारी गरिएको सूचनालाई पुनःमूल्याङ्कन गर्न सरकारलाई आग्रह गरेको छ । इम्बोष्ड नम्बरमा देवनगरी लिपी हुनुपर्ने माग व्यवसायी छ ।