आर्थिक

वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब राजस्व संकलन

- केएफएम डेस्ककाठमाडौं

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व संकलन उत्साहजनक भएको जानकारी दिनुभयो । वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड राजस्व संकलन गरेको छ ।