आर्थिक

धरान उपमहानगरद्वारा दुई अर्ब बढीको बजेट सार्वजनिक

- केएफएम डेस्ककाठमाडौं

निर्धारित समयमा बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकाले झण्डै तीन महिनापछी आर्थिक वर्ष २०८२÷०८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । १७ औं नगरसभामा उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै सो बजेट प्रस्तुत गर्नुभएको हो ।

 उपमहानगरले चालु आर्थिक वर्षका लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँड मार्फत ३४ करोड १८ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । 

धरान उपमहानगरले शहरी योजना तथा भौतिक पूर्वाधार तर्फ सबैभन्दा बढी ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदमा ४६ करोड ८५ लाख, स्वास्थ्यमा करिब ७ करोड, सामाजिक विकासमा ४ करोड ८६ लाख, आर्थिक विकासमा १ करोड २९ लाख रुपैयाँ विनियोजन गरेको छ ।