आर्थिक

जेनजी आन्दोलबाट मुलुकभर निजी क्षेत्रको ८० अर्ब रुपैयाँ क्षति

- केएफएम डेस्ककाठमाडौं

भदौ २३ र २४ को आन्दोलनमा मुलुकभर निजी क्षेत्रको झन्डै ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुसँगको छलफलमा झन्डै ८० अर्ब बराबरको निजी सम्पत्तिमा क्षति पुगेको र यथार्थ मूल्यांकन भइरहेको बताउनुभएको हो । भेटपछि महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रमा भएको क्षतिबारे सरकारसँग छलफल भएको बताउनुभयो ।

निजी क्षेत्रका प्रतिनिधिहरुले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । महासंघका अध्यक्ष ढकालले प्रधानमन्त्री र मन्त्रीहरुको धारणाबाट निजी क्षेत्र उत्साहित भएको बताउनुभयो ।

महासंघले अर्थतन्त्रको पुनर्निर्माणका लागि आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि सरकारलाई आग्रह गरेको छ ।