आर्थिक

सुनको मूल्यले रेकर्ड तोड्यो

- केएफएम डेस्ककाठमाडौं

सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । तोलामा ७ सय रुपैयाँले बढेर सुनको मूल्य आज अहिलेसम्मकै उच्च भएको हो । 

सुन प्रतितोला दुई लाख १७ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला २ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।