आर्थिक

एमसीसी परियोजना कार्यान्वयनबारे अमेरिकाको चासो

- केएफएम डेस्ककाठमाडौं

अमेरिकी सरकारले परिवर्तित अवस्थामा नेपालमा एमसीसी परियोजना कार्यान्वयनबारे चासो राखेको छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी एमसीसीबारे चासो राख्नुभएको हो । राजदूत थम्पसनले एमसीसी परियोजना समयमै सम्पन्न गर्ने कार्यमा नेपाल सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको थियो ।

जवाफमा अर्थमन्त्री खनालले सो परियोजनाको सफल कार्यान्वयनका लागि सरकारबाट गर्नुपर्ने कार्यमा ढिलाइ नहुने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । त्यस्तै मन्त्री खनालले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजको माध्यमबाट निजी क्षेत्रको मनोबल माथि उठाउने लगायत बिषयलाई प्राथमिकता दिइने बताउनुभएको थियो ।

अमेरिकी राजदूत थम्प्सनले बदलिदो परिस्थितिमा पनि अमेरिकी सरकार नेपालको साथमा रहेको उल्लेख गर्नुभएको थियो ।