आर्थिक

सुन अहिलेसम्मकै महंगो

- केएफएम डेस्ककाठमाडौं

सुनको मूल्यले फेरि रेकर्ड बनाएको छ । तोलामा १३ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै उच्च भएको हो ।

सुन आज प्रतितोला २ लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो प्रतितोला २ लाख २१ हजार ७ रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

तोलामा २० रुपैयाँले बढेर चाँदी २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।