तिहारलाई ४० लाख सयपत्री र साढे ५ लाख मखमली खपत हुने अनुमान
- काठमाडौंयस वर्षको तिहारमा ४० लाख थान सयपत्री र साढे ५ लाख थान मखमली माला खपत हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार, तिहारको समयमा मात्रै ४० करोड रुपैयाँ बराबरको फूल कारोबार हुने बताईएको छ ।
एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले साढे ५ लाख थान मखमली मालामध्ये २ लाख थान निर्यात हुने सम्भावना भएको बताउनुभयो ।
उपभोक्ताका लागि ३ फिटका सयपत्री मालाको मूल्य १ सय २० देखि १ सय २५ रुपैयाँसम्म र मखमली माला ६५ रुपैयाँसम्म पर्ने एशोसिएसनले जनाएको छ ।
यसैबीच स्वदेशी फूल उत्पादकलाई प्रोत्साहन गर्ने भन्दै काठमाडौँ महानगरले विदेशी फूल बिक्रीमा प्रतिबन्ध लगाउने बताएको छ ।
महानगरले कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना समेत गर्दैछ ।