१२ करोड ३४ लाखको फूल उत्पादन
- काठमाडौंलुम्बिनी प्रदेशमा व्यवसायिक फूल खेती फस्टाउदै गएको छ ।
गत वर्ष प्रदेशमा १२ करोड ३४ लाख रुपैयाँ मूल्य बराबरको फूल उत्पादन भएको थियो ।
लुम्बिनी प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका १२ जिल्लामा करिब २६ हेक्टर क्षेत्रफलमा फूल खेती भएको छ ।
पुष्प व्यवसायलाई प्रबद्र्धन गर्न १२ वटै जिल्लामा कार्यक्रम सुरु भएपछि व्यवसायिक फूल खेती फस्टाएको मन्त्रालयको कृषि व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुख वरिष्ठ कृषि बाली संरक्षण अधिकृत घनश्याम चौधरीले बताउनुभयो ।
मन्त्रालयले पुष्प खेतीसम्वन्धि तालिम तथा त्यसको भण्डारण, बजारीकरण र आवश्यक कृषि उपकरण लगायतमा सहयोग गर्दै आएको छ ।