एमसीसी अन्तर्गत सव–स्टेशन र प्रसारण लाइन निर्माण शुरु
काठमाडौंअमेरिका सहायताको एमसीसी परियोजना अन्तर्गत न्यू बुटवल सव–स्टेशन र १८ किलोमिटर प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । नवलपरासीको सुनवलमा आयोजित एक समारोहबीच सवस्टेशन र प्रसारण लाइन निर्माणको शुभारम्भ गरिएको एमसीए नेपालले जनाएको छ । ती नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्ने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री रामेश्वर खनाल, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा निर्माण शुभारम्भ गरिएको हो । १८ किलोमिटर प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । सो अवसरमा बोल्दै अर्थमन्त्री खनालले एमसीसी र एमसिए–नेपालको सहयोगबाट राष्ट्रको हितका लागि सम्झौतालाई रुपान्तरण गरिने बताउनुभयो ।