सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौता
काठमाडौंसार्वजनिक वित्त व्यवस्थापन तथा विकेन्द्रीकृत सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको दोस्रो चरणका लागि सरकार र एसियाली विकास बैंक एडीबीबीच सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित समारोहमा सो सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौता अनुसार एसियाली विकास बैंकले सो कार्यक्रमका लागि नेपाल सरकारलाई १ सय मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराउने बताईएको छ ।
सो ऋण सहायताको ग्रेस अवधी ८ वर्षसहित कुल भुक्तानी अवधि २४ वर्ष रहनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहने सो ऋणमा ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुनेछ भने त्यसपछि १ दशमलव ५ प्रतिशत ब्याजदर कायम रहनेछ ।
यस्तै ऋण सम्झौतामा अर्थ सचिव घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गर्नुभएको हो । सम्झौता कार्यक्रममा सहसचिव डा. धनीराम शर्माले नेपालको खर्च तथा वित्तीय व्यवस्थापन र अन्तरसरकारी स्रोत व्यवस्थापनमा सुधार गर्नु यस कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो।