आर्थिक

चितवनको रत्ननगर महोत्सव पुस २५ देखि

- रमेशकुमार पौडेलचितवन

चितवनमा १३ औं रत्ननगर महोत्सव यही पुस २५ गतेदेखि माघ ६ गतेसम्म हुने भएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तराष्ट्रिय र बहुराष्ट्रिय उत्पादनसँग सम्बन्धित ४ सय ५० स्टल रहने आयोजकले जनाएको छ ।

 सौराहामा सम्पन्न पत्रकार सम्मेलनमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक शंकर गिरीले चार लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने र २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताउनुभयो ।