डिजिटल स्क्याम बढ्दै गएको भन्दै सतर्क रहन राष्ट्र बैंकको चेतावनी
- पर्सानेपाल राष्ट्र बैंकको वीरगन्ज शाखाले डिजिटल स्क्यामका घटना बढ्दै गएको भन्दै सर्वसाधारणलाई सतर्क रहन सचेत गराएको छ ।
शाखा व्यवस्थापक सुशील पौडेलले लगानी, रोजगारी, अनपेक्षित रकम, किनबेच जस्ता बहानामा बनाएर डिजिटल माध्यमबाट ठगी तीव्र रूपमा बढिरहेकाले सचेत रहन आग्रह गर्नुभएको हो ।
पौडेलका अनुसार, सजिलो पैसा कमाउने प्रलोभनमा पर्दा आर्थिक क्षति र मानसिक तनावसम्म भोग्नुपर्ने अवस्था आउन सक्नेछ ।
डिजिटल स्क्यामका कारण डाटा चोरी, डिजिटल अरेस्ट, रिमोट एक्सेस मार्फत मोबाइल वा कम्प्युटर नियन्त्रणमा लिने, बैंक खाताबाट रकम झिक्ने जस्ता घटना बढ्दै गएको उहाँले बताउनुभयो ।