आर्थिक

निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा अनिश्चित

काठमाडौं

नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा निर्वाचन अनिश्चित भएको छ । निर्वाचन आयोगलेसुचना जारी गर्दै महासंघलाई तत्कालका लागि साधारण सभा तथा निर्वाचन स्थगित गर्न अनुरोध गरेपछि सभा अनिश्चित बनेको हो । 

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका कारण देशभर निर्वाचन आचारसहिंता लागु भएकाले आयोगले हालका लागि साधारण सभा स्थगित गर्न लागीएको महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाले बताउनुभयो । 

आयोगले अर्को सुचना जारी नगरेसम्मका लागि साधारण सभा स्थगित भएको उहाँको भनाई छ । महासंघले गत पुस ८ गतेनै सुचना निकालेर माघ १५ देखि १७ गते सम्मका लागि काठमाडौंमा आफ्नो २६ औं साधारण सभा तथा निर्वाचन गर्ने कार्यतालिका सावर्जनिक गरेको थियो ।