अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइयो
विविध कार्यक्रम गरि आज नेपाल पनि अन्तराष्र्टि«य भन्सार दिवस मनाइएको छ । विश्व भन्सार संगठन को स्थापना दिवसको सम्झनामा हरेक वर्ष जनवरी २६ मा यो दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा भन्सार विभागमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपालले यस वर्ष भन्सार ऐन २०८२ कार्यान्वयनमा ल्याएसँगै भन्सार प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य लिएको छ ।
यसैबीच, अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज बनाउनको लागि नयाँ भन्सार ऐन ल्याएको बताउँदै भन्सार ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि भन्सार नियमावली तर्जुमा गर्न लागेको जानकारी दिनुभयो ।
अर्थमन्त्री खनालले मन्त्रिपरिषद्बाट प्रक्रिया पूरा गरेर नियमावली पास हुने बताउँदै भन्सार प्रशासनलाई सुधार्दै व्यापारलाई सहजीकरण गर्ने दक्षता अभिवृद्धिका लागि अर्थ मन्त्रालयले सहयोग गर्ने समेत उल्ल्ेख गर्नुभयो ।