आर्थिक

रिलायन्स सुगर मिलले उखु ढुवानीको चर्को भाडा लिएर ठगेको आरोप

- शंकर आचार्यपर्सा

बारास्थित रिलायन्स सुगर मिलले किसानसंग उखु ढुवानीको बढी भाडा लिएर किसानलाई ठग्ने काम गरेको गुनासो उखु किसानले गरेका छन् ।

उखु उत्पादक किसान संघ पर्साका सचिव पृथ्वी साहले यस बर्ष पर्साबाट बारास्थित उद्योग सम्म उखु ढुवानी भाडा उद्योगले प्रति क्विन्टल ८० रुपैया लिई रहेको बताउनुभयो । 

गत बर्ष यो भाडा दर प्रति क्विन्टल ६५ रुपैया रहेकोमा यस बर्ष एकै पटक १५ रुपैया वृद्धी गरेर किसान मर्का पर्ने काम गरेको उहाँको आरोप छ । उद्योग व्यवस्थापनले आफ्नै मिलेमतोको ढुवानी ठेकेदार खडा गरेर यस्तो काम गरीरहेको बताईएको छ । 

तर रिलायन्स सुगर मिलका प्रबन्ध निर्देशक राजकुमार अग्रवालले किसानको आरोपमा सत्यता नरहेको जिकिर गर्नुभयो । उद्योगले हालसम्म करीब १० लाख टन उखु क्रसिंग गरीसकेको र यस बर्ष ३० लाख टन उखु क्रसिंग गर्ने योजना रहेको उहाँको भनाई छ ।