आर्थिक

गोरखामा यो बर्ष १५ प्रतिशतले सुन्तला उत्पादन वढ्यो

- हरिराम उप्रेतीगोरखा

गत वर्षको तुलनामा गोरखामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । यस वर्ष ३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यन्वयन इकाई गोरखाकी सुचना अधिकारी पुजा रेग्मीले बताउनुभयो ।

 कार्यालयका अनुसार यो बर्ष गोरखाबाट २१ करोड रुपैयाँ बरावरको सुन्तला विक्रि भएको छ । उहाँका अनुसार सरदर ७० देखि १ सय ५० रुपैयाँ सम्ममा प्रति केजीका दरले सुन्तला विक्री हुँदापनि २१ करोड वरावरको सुन्तला जिल्लाबाट विक्री भएको छ । 

त्यस्तै गण्डकी गाउँपालिकाको एक सहकारीबाट दुइ करोड हाराहारीमा सुन्तला विक्रि भएको छ । गोरखा नगरपालिका क्षेत्रमा एउटै किसानले ३० लाख सम्ममा पनि सुन्तला विक्रि गरेको बताईएको छ । 

गतवर्ष गोरखामा २५ सय मेट्रिक सुन्तला उत्पादन भएको थियो । यसैबिच गण्डकी, शहिदलखन, भिमसेन थापा, गोरखानगरपालिका र पालुङटारको ९ र १० माब्यवसायीक रुपमा सुन्तला खेतीहुँदै आएको छ । 

जिल्लाको एक हजार ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेतिहुँदै आएको छ भने ३ सय वढी किसान सुन्तला खेतीमा आवद्ध छन् ।