अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थमन्त्री खनालको भनाइ
काठमाडौंअर्थमन्त्री रामेश्वर खनालले आर्थिक सूचकमा सुधारका संकेत देखिएपनि मुलुकको अर्थतन्त्र अझै चुनौतीपूर्ण रहेको बताउनुभएको छ । नागरिक लगानी कोषको ३६ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै मन्त्री खनालले निष्क्रिय पूँजी र मध्यपूर्वमा देखिएको तनाव लगायत कारण अर्थतन्त्रमा चुनौती भएको बताउनुभएको हो ।
आगामी सरकारले बाह्य चुनौतीलाई सामना गर्दै अर्थतन्त्रलाई सही दिशामा अघि बढाउनुपर्ने मन्त्री खनालको भनाइ थियो ।
उहाँका अनुसार हाल शोधनान्तर स्थिति बचतमा रहनु, चालु खाता सकारात्मक हुनु, विदेशी मुद्रा सञ्चिति सुदृढ रहनु र मुद्रास्फीति दर न्यून हुनु सुधार हुन् ।