आर्थिक

वीरगन्जबाट भटमास र पाम तेल निर्यात बढ्यो

- शंकर आचार्यपर्सा

पर्साको वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको ८ महिनामा भटमास र पामको प्रशोधित तेलको भारत तर्फको निर्यात बढेको छ भने सूर्यमुखीको तेलको निकासी घटेको छ । सबैभन्दा बढी निर्यात भटमासको प्रशोधित तेलमा देखिएको छ । 

गत आर्थिक वर्षको साउनदेखि फागुनसम्मको ८ महिनाको अवधिमा यो नाकाबाट २८ अर्ब २० करोड रुपैयाँ बराबरको १३ करोड ४७ लाख लिटर भटमासको प्रशोधित तेल निकासी भएको थियो । चालु आर्थिक वर्षको यसै अवधिमा यो तेल ३५ अर्ब ५८ करोड बराबरको १७ करोड ३१ लाख लिटर निकासी भएको छ । 

चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा ३ करोड ८४ लाख लिटर यो तेलको निकासी बढी भएको छ । प्रशोधित पाम तेलको निर्यात पनि सकारात्मक देखिएको बताईएको छ । यस्तै गत आर्थिक वर्षको यसै अवधिमा यो नाकाबाट ४१ करोड रुपैयाँ बराबरको २१ लाख ५८ हजार लिटर पाम तेल निकासी भएको थियो । चालु आर्थिक वर्षको यसै अवधिमा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको १ करोड ८१ लाख लिटर पाम तेल निकासी भएको छ ।