आर्थिक

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

- केएफएम डेस्ककाठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आजदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाउँदा, पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

यस्तै, निगमले हवाई इन्धनमा आन्तरिकतर्फ पनि मूल्यवृद्धि गरिएको जनाएको छ । मूल्य बढेसँगै डिजेल/मट्टीतेल प्रतिलिटर २ सय ३७ रुपैयाँ पुगेको छ ।

त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय ५६ रुपैँया पुगेको छ । निगमले यसअघि गत चैत ३० गते पनि पेट्रोल, डिजेल÷मट्टीतेलको मूल्य बढाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

पाक्षिक रुपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँबराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।