अलेभ कबाब सल्तनेटमा टर्किस स्वाद र स्वास्थ्यको अनुभव
काठमाडौंकाठमाडौँको नक्सालस्थित टङ्गालउडमा ‘टर्किस फुड टेस्टिङ’ कार्यक्रम आयोजना गरिएको छ। सेफ प्रकाश कटुवालको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममार्फत टर्किस खानपान र संस्कृतिको अनुभव गराइएको हो।
कार्यक्रममा टर्किस पाककलाको विशेषता ‘फायर–बेस्ड कुकिङ’ अर्थात् आगोमा पकाउने विधि प्रस्तुत गरिएको थियो। सेफ कटुवालले स्लो–रोस्टिङ र खुला आगोमा सेकाउने प्रविधिले खानाको प्राकृतिक स्वाद र पोषक तत्व जोगिने बताए। यसले ग्राहकलाई स्वादिलो र स्वास्थ्यवर्धक परिकार उपलब्ध गराउने उनको भनाइ छ।
कार्यक्रममा भूमध्यसागरीय खानपान शैलीलाई पनि प्राथमिकता दिइएको थियो। सुरुवाती परिकारका रूपमा ह्युमस र विभिन्न ‘मेजे’ पस्किएको थियो, जसमा फाइबर र भिटामिन प्रशस्त पाइन्छ। जैतुनको तेल र ताजा तरकारीको प्रयोगले यस्ता परिकार मुटुको स्वास्थ्यका लागि उपयोगी मानिन्छन्।
कार्यक्रमले खानासँगै टर्किस संस्कृतिको झल्को पनि दिएको थियो। सेफ कटुवालले परिकारको ऐतिहासिक पृष्ठभूमि र टर्किस आतिथ्यबारे जानकारी गराउँदै भोजनलाई थप अर्थपूर्ण बनाएका थिए। अन्त्यमा परम्परागत टर्किस चिया र बाक्लावा पस्किएको थियो।
आयोजकका अनुसार अलेभ कबाब सल्तनेटले गुणस्तरीय सामग्री, परम्परागत विधि र सेवामार्फत नेपाली ग्राहकलाई नयाँ स्वादसँग परिचित गराउने लक्ष्य राखेको छ। यस्तो पहलले स्वादसँगै स्वस्थ खानपानप्रति सचेतना बढाउने विश्वास लिइएको छ।
अलेभ कबाब सल्तनेटको यो प्रयासले नेपालमा मौलिक विदेशी स्वादको खोजीमा रहेका ग्राहकहरूका लागि एउटा भरपर्दो गन्तव्य सुनिश्चित गरेको छ। गुणस्तरीय सामग्री, पारम्परिक पकाउने विधि र विशिष्ट सेवाका कारण यो ठाउँ स्वाद र स्वास्थ्य दुवै चाहनेहरूका लागि उत्कृष्ट विकल्प सावित भएको छ।