निर्वाचन विशेष

मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले बिजयी

- बिनोद त्रिपाठीबिनोद त्रिपाठीबिनोद त्रिपाठीमुस्ताङ

 

मुस्ताङमा पछिल्लो मतगणना अनुसार मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकामा एमालेका आसबहादुर थकालीमा अध्यक्षमा बिजयी भएका छन् ।

थकालीले ४ सय ५४ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका बिजय हिराचनले ४ सय १७ मत ल्याए । कांग्रेसकै अर्का बागी उम्मेदवार स्वतन्त्र महेन्द्र थकालीले २ सय ३६ मत ल्याएका छन् । माओबादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका दिनेशलाल थकालीले ५५ मत प्राप्त गरे । 

उपाध्यक्षमा एमालेकै शर्मिला गुरुङले ७ सय ७ मत प्राप्तगरि बिजयी भइन् । कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार पुष्पा शेरचनले २ सय १५ मत प्राप्त गरेकी निर्बाचन कार्यालयका सुब्बा बालकृष्ण मिश्रले जानकारी दिनुभयो ।  

त्यस्तै, लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सुबर्णकुमार बिष्ट बिजयी भएका छन् । 
उनले ६ सय ३ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी स्वतन्त्रका इन्द्रधारा बिष्टले ४ सय ९५ मत ल्याए । अर्को अध्यक्षका उम्मेदवार माओबादी केन्द्रका घुर्मीवाङदेल बिष्टले १ सय ८ मत ल्याएका निर्बाचन अधिकृत चिरन्जीवी पौडेलले जानकारी दिनुभयो ।  

यहां एमालेले अध्यक्षमा उम्मेदवार उठाएका थिएन । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै पेमा डोल्मा बिष्टले ६ सय ५२ मत ल्याइ बिजयी भएकी छिन् । उनका प्रतिद्धन्द्धी एमालेकी पासाङ डोल्कर गुरुङले ३ सय ३३ मत प्राप्त गरिन् । 
अध्यक्षमा बिजयी बिष्ट कांग्रेसका पुर्ब जिल्ला सभापति पनि हुन् । यि तिनैजना अध्यक्षका उम्मेदवारहरु पुर्बराजा झिग्मी पलवर बिष्टका नातेदार पर्छन् । 

मुस्ताङमा स्वतन्त्रका उम्मेदवार राजु बिष्ट दालोमे गाउँपालिकाबाट पहिलो बिजयी भइसकेका छन् । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएका छन् । बिष्टले ७ सय ५५ र गुरुङले २ सय ३ मत प्राप्त गरेका छन् । अध्यक्षमा एमालेले उम्मदेवार उठाएको थिएन । राजु बिष्ट पनि कांग्रेसकै बागी उम्मेदवार हुन् ।

उपाध्यक्षमा एमालेकी ढोका गुरुङ ६ सय १ मत ल्याइ बिजयी भएकी छिन् । उनकी प्रतिद्धन्दी कांग्रेसकी कुचान छुटेन गुरुङले ३ सय २२ मत ल्याएकी सहायक निर्बाचन अधिकृत जनक रेग्मीले जानकारी दिनुभयो । 

यो गाउँपालिका अन्तर्गतका ५ वटा वडाका अध्यक्ष तथा सदस्यमा पहिल्यै निर्बिरोध निर्बाचित भएका छन् । ५ वडामा अध्यक्ष सहित १४ सदस्य कांग्रेस, ४ एमाले र ३ सदस्यमा स्वतन्त्रका उम्मेदवार निर्बिरोध निर्बाचित भएका थिए ।

४ वटा वडाका दलित पदमा उम्मेदवार नै परेन । यसैगरि, सोमबार बिहानैदेखि ५ वटै गाउँपालिकामा मगगणना अन्तिम चरणमा पुगेको प्रमुख निर्बाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।