मुस्ताङको लोमान्थाङ गाउँपालिका प्रमुखमा कांग्रेसका सुबर्णकुमार बिष्ट बिजयी
- मुस्ताङ
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सुबर्णकुमार बिष्ट बिजयी भएका छन् । बिष्टले ६ सय ३ मत प्राप्त गरि बिजयी भएका हुन् । उहाँका प्रतिद्धन्द्धी स्वतन्त्रका इन्द्रधारा बिष्टले ४ सय ९५ मत प्राप्त गुर्नभयो ।
अर्को अध्यक्षका उम्मेदवार माओबादी केन्द्रका घुर्मीवाङदेल बिष्टले १ सय ८ मत ल्याएका निर्बाचन अधिकृत चिरन्जीवी पौडेलले जानकारी दिनुभयो । जिल्लामा एमालेले अध्यक्षमा उम्मेदवार उठाएका थिएन । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै पेमा डोल्मा बिष्टले ६ सय ५२ मत ल्याइ बिजयी भएकी छिन् ।
उहाँका प्रतिद्धन्द्धी एमालेकी पासाङ डोल्कर गुरुङले ३ सय ३३ मत प्राप्त गरिन् ।
अध्यक्षमा बिजयी बिष्ट कांग्रेसका पुर्ब जिल्ला सभापति पनि हुन् । यी तीनै जना अध्यक्षका उम्मेदवारहरु पुर्बराजा झिग्मी पलवर बिष्टका नातेदार पर्छन् ।