चन्दननाथ नगरपालिकाको प्रमुखमा कान्तिका सेजुवाल
जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल विजयी हुनु भएको छ । सेजुवालले २ हजार ७ सय ७७ मत ल्याएर चन्दननाथ नगरपालिकाको प्रमुखमा जित हात पार्नु भएको हो ।
उहाँका निकटतम प्रतिद्धन्दीमा नेकपा एमालेका शान्तिलाल महतले २ हजार ६६ मत प्राप्त गर्नुभयो भने तेस्रो स्थानमा रहेको नेकपा माओवादीका अशोक कुमार श्रेष्ठले २ हजार १५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यलृले जनाएको छ ।
नगरपालिकाको प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रनै मुख्य प्रतिष्प्रर्धामा देखिएको थियो । उहाँका निकटतम प्रतिद्धन्दी भन्दा ७ सय ११ मतले सेजुवालले जित हात पार्नु भएको हो । ६ नम्बर प्रदेशमा नगरपालिकाको सेजुवाल एक मात्र महिला प्रमुखकी उम्मेदवार हुनु हुन्छ ।
त्यस्तै उप प्रमुखमा नेकपा माओवादी केन्द्रकी अप्सरादेवि न्यौपाने महत विजयी हुनु भएको छ । २ हजार १८ मत ल्याएर न्यौपालेले उपप्रमुखमा जित हात पारेको हो ।
उपप्रमुखमा न्यौपालेको निकटतम प्रतिद्धन्दी कांग्रेसका जगत खत्रीले एक हजार ७ सय ७४ मत प्राप्त गरेका छन् भने एमालेकी मेनका रेग्मीले एक हजार ७ सय १० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गुठिचौर गाउंपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरीबहादुर भण्डारी र उप प्रमुखमा जानदेवी ऐडी, हिमा गाउंपालिका प्रमुखमा रजबहादुर शाही, उप प्रमुखमा हिमाली रोकाया, तातोपानी गाउंपालिकामा प्रमुखमा नवराज न्यौपाने (विमुख) र उप प्रमुखमा गंगादेवि उपाध्याय विजयी भएका छन् ।
पातारासी गाउंपालिकाको प्रमुखमा कांग्रेसका लछिमन बोहोरा र उप प्रमुखमा पुन्नकली महतारा, कनकासुन्दरी गाउंपालिका प्रमुखमा नरबहादुर रावत र उप प्रमुखमा उर्मिला भण्डारी, सिंजा गाउंपालिकामा देवलहि रावल विजयी भएका छन् भने उप प्रमुखमा एमालेकी जन्मकन्या खत्री विजयी भइन् । त्यस्तै तिला गाउंपालिकाको प्रमुखमा एमालेका रतननाथ योगि र उप प्रमुखमा माओवादीकी विष्णुमाया बुढा विजयी भएकी छन् ।