विभिन्न विधाका पाँच स्रस्ता सम्मानित
स्याङजासाहित्य प्रतिष्ठान स्याङजाले शनिबार विविध साहित्यक क्षेत्रमा कलम चलाउँदै आएका विभिन्न जिल्लाका पाँच जना स्रस्तालाई सम्मान गरेको छ । सम्मान हुनेमा चार विधाका ५ साहित्यकार रहेका छन् । स्रष्टा सम्मान, कृति विमोचन एवं बृहत काब्य गोष्ठीको अवसर पारी शनिबार जिल्ला उद्योग वाणिज्य संघको हलमा सम्मान गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा एक दर्जन भन्दा बढी सर्जकले रचना वाचन समेत गरेका थिए ।
कालिगण्डकी साहित्य कला पुरस्कार २०७४ साहित्यिक पत्रकार नबराज रिजाल, यानीत स्मृति साहित्य पुरस्कार युवा आख्यानकार तथा कलाकार खगेन्द्र लामिछाने, निर्मल टुकमाया गिरी पर्यावरण पुरस्कार २०७४ प्रा.डा. शेषकान्त अर्याल, आमा सुमीत्रादेबी गिरी साहित्य पुरस्कार २०७३ डा.श्यामप्रसाद न्यौपाने र सोही पुरस्कार २०७४ सरु पोख्रेललाई प्रदान गरिएको प्रतिष्ठानका सचिव मिलनसमिर ज्ञवालीले जानकारी दिए ।
साहित्यिक क्षेत्रमा कलम चलाएका साहित्यकार एवं पत्रकार नबराज रिजाल, युवा आख्यानकार तथा कलाकार खगेन्द्र लामिछाने र प्रा.डा. शेषकान्त अर्याल दश हजार नगद राशि, दोसल्ला र प्रमाणपत्रले सम्मानित भएका छन् भने डा.श्यामप्रसाद न्यौपाने र सरु पोख्रेल नगद सात हजार रुपैयाँ, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।