मनोरञ्जन

चलचित्र सन्ताप सार्वजनिक

- रेडियो कान्तिपुर संवाददाता काठमाडौं

बालबिवाहका कारण देखापर्ने मनोवैज्ञानिक तथा सामाजिक समस्यामा आधारित लघु चलचित्र सन्ताप सार्वजनिक भएको छ । यूटयुबमा सार्वजनिक भएको यस चलचित्रमा बाल विवाह गरेकाहरु वयस्क उमेरमा पुगेपछि संभावित पारिवारिक विचलनलाई चलचित्रको विषयवस्तु बनाइएको छ । 

अर्को पाटोमा घरबाट उपेक्षामा परेकी विवाहित महिलाप्रति समाजले गर्ने अव्यवहारिक कार्यलाई समेत चलचित्रमा समेट्ने प्रयास गरिएको छ । विजय खड्काको लेखनमा सन्जोग गुरुङले सन्तापको निर्देशन गरेका हुन् । 

 त्यस्तै, लेखक खड्का, सलिना सुनार र निहिता विश्वासले सहायक निर्देशनको भुमिका निभाएका छन् । मारिया कार्की, गरिमा पेला, सलिना सुनार, नविन अवस्थी, आयान परियार, रुपेश लामा, मानस शर्मा, सोयम पोख्रेल र सँस्कृति थापाको अभिनय छ । चलचित्रमा सनम मगरको सम्पादन तथा विशाल थापा, निरज खड्का र सुरज महर्जनको छायाँकन रहेको छ ।