मनोरञ्जन

शोभाको यादहरु सार्वजनिक

- रेडियो कान्तिपुर संवाददाताचितवन

लेखक शोभा कँडेलको पुस्तक यादहरु विमोचन गरिएको छ । चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा साहित्यकारहरु एलबी क्षेत्री, ईश्वर कँडेल, उदय अधिकारी, शान्ति शर्मासहित लेखक कँडेलका पारिवारिक सदस्यको उपस्थितिमा शनिबार पुस्तक विमोचन गरिएको हो । 

पुस्तकमाथि बोल्दै समीक्षक शान्ति शर्माले लेखक कँडेलले आफ्नो जीवनकालका भोगाइ र अनुभवलाई पुस्तकमा लिपिबद्द गरेको बताउनुभयो । यस्तै, अर्का समीक्षक उदय अधिकारीले परिवारसहित विदेश गएकी एउटी नारीले प्रवास बसाइका दैनिकीलाई प्रेमिल ढंगले किताबमा समेटेको बताउनुभयो । 

लेखक कँडेल करीब ७ वर्ष डेनमार्क बसेकी थिइन् । प्रवास बसाइमा देखेका, भोगेका विषयलाई टिपोट गर्दै जाँदा किताबको आकार लिएको उनले बताइन् । एडीबी पब्लिकेसन्सले प्रकाशन गरेको पुस्तकमा घरदेखि परदेशसम्मका अनुभव र भोगाइलाई समेटिएको छ ।