मनोरञ्जन

मेघराज चौहानको ‘जादैछु प्रिय’ गीत सार्वजनिक

- केएफएम डेस्ककाठमाडौं

गायक मेघराज चौहानको स्वरमा नयाँ गीत ‘जादैछु प्रिय’ सार्वजनिक भएको छ । डा. धर्मेन्द्रकुमार साहको शब्द र तोरेम्पा हाङ् को संगित रहेको ‘जादैछु प्रिय’ बोलको गित सार्वजनिक भएको हो । बाध्यताबस विदेशनु पर्दाको पीडा र प्रेमी र प्रेमिकाको विछोडलाई गितमा चित्रण गर्न खोजिएको छ । गीतमार्फत प्रेमिले आफू विदेश जानुपरेपनि छिट्टै स्वदेश फर्किने र मायालाई नबिर्सीन आग्रह गरेका छन् ।

बाध्यतावस विदेशमा कमाइ गर्न जाँदा विविध कारणवस प्रेमी र प्रेमिकाबीचको सम्बन्ध बिग्रनुुका साथै विछोड हुुने अवस्थाहरु पनि देखिएको पृष्ठभूूमिमा प्रेमीले स्वदेश फर्किएपछि जिवनभर संगसंगै जिउने संकल्प गरेका छन् । यस्तै, परिवारबाट टाढा भएर परदेश जाने युवाहरुलक्षित उक्त गीतमा प्रेमिकालाई सम्झदै मन रोइरहेको प्रेमीले बताएका छन् ।

डा. साहको मार्मिक शब्द रहेको उक्त गीत डिजिटल डि.एस.नामक युुट्युुब च्यानलमार्फत गत शुक्रबार सार्वजनिक भएको हो । साहको शब्दमा ‘पहिलो भेटमै नजर जुुध्यो’ बोलको गित यसअघि बैशाख १ गते सार्वजनिक भएको थियो । साहको प्रस्तुतीमा ‘जादैछु प्रिय’ भने दोस्रो गित हो ।

गीतमा एरेञ्ज सागर संसार राई, निर्देशन पुजा ठकुरी, छायांकन सुनिल भण्डारी ,सम्पादन तथा कलर विनोद बम र पोष्ट प्रडक्सन साङ्ग्रिला क्रियसनले गरेको छ ।