रेडियो अन ह्वील्समा टी–२० विश्वकपको आकर्षक प्याकेज जित्ने मौका
काठमाडौंरेडियो कान्तिपुरले वर्षेनी आयोजना गर्ने रोड सो ‘रेडियो अन ह्वील्स’को सातौं संस्करण आगामी शनिबारबाट शुरु हुँदैछ । बाँकेको नेपालगञ्ज स्थित बी।पी चोकमा शनिबार दिउँसो ३ बजेपछि शुरु हुने यो संस्करणको ‘रेडियो अन ह्वील्स’मुलुकका विभिन्न १५ शहरमा आयोजना हुनेछ । श्रोतासँग सम्बन्ध विस्तारका साथै रमाईला खेल र पुरस्कार वितरणका साथै सडकमै नाचगान गरेर रोड सो हुँदै आएको छ।
कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारले पनि एउटै मञ्चमा आप्mनो प्रस्तुति पस्किनेछन् । यसपटकको रोड सो मा गायक शिव परियार र विश्व नेपालीका साथै हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल र डान्स च्याम्पियन नेपालका विजेता वर्षा फुयाँल र सिजन १ कि विजेता रोसिका राउतले आप्mनो गीत संगीतका साथै नृत्य प्रस्तुत गर्नेछन्।
नेपालगञ्जबाट शुरु हुने रोड सो आगामी माघ ८ गते काठमाडौंमा कार्यक्रम गरेर सकिने छ । यसपटक रोड सो गरिने स्थानमा नेपालगञ्ज, धनगढी,सुर्खेत, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, वीरगञ्ज, जनकपुर, लहान, इटहरि,विराटनगर, विर्तामोड र धरान छन् । ती स्थानका विभिन्न कलेजहरुमा समेत मिनि रोड सो आयोजना गरिने छ।
रेडियो अनह्वील्समा सहभागीले यसपटक आगामी फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० विश्वकपको टिकटसहितको आकर्षकप्याकेज जित्ने मौका पनि प्राप्त गर्ने छन् । त्यसका लागि कार्यक्रम आयोजना हुने १५वटै स्थानमा एक्सट्रीम वा म्याक्स टाइगर इनर्जी ड्रीङ्क्स खरीद गर्नेको नाम र नम्बर लक्की ड्र मा समावेश गरिने छ ।
हरेक स्थानका एकजना भाग्यशाली विजेताले टी–२० विश्वकपको प्याकेज जित्नेछन् । प्रत्येक स्थानको विजेताले विश्वकप क्रिकेटको टिकटका साथै ४ रात ५ दिनको स्पेशल प्याकेज र दुईतर्फी यातायातको सुविधा पनि प्राप्त गर्नेछन्।
कार्यक्रमको यसपटकको टाइटल स्पोन्सर एक्सट्रीम ईनर्जी ड्रिङ्क्स रहेको छ भने पावर्ड बाई मा नेपाल लाईफ इन्स्योरेन्स,ग्लोबल आई।एम।ईं बैंक र टिभीएस रेडर रहेका छन् । इन्टरनेट पार्टनरमा वाईफाई नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुर्बिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बोण्डिङ पार्टनरमा राथीकोल रहेका छन् । कार्यक्रम व्यवस्थापन इभेन्ट नेपालले गर्नेछ ।