मनोरञ्जन

शंकर खत्री अभिनित हराको धन सार्बजनिक

काठमाडौं

शंकर खत्रीको अभिनय रहेको हराएको धन बोलको गीत सार्बजनिक भएको छ । केहि दिन अघि मात्रै कुमार चौलागाई युट्युब च्यानल मार्फत बजारमा आएको सो गीतमा जयराम हुमागांई र शारदा रसाईलीले स्वर दिएका छन् । 

शम्भु नेपालको शब्दमा बनेको सो गितमा राम्जी थापा मगरको लय रहेको छ । त्यस्तै सो गीतको एरेन्ज भने नारायण दंगालले गरेका हुन् । शंकर खत्रीसँगै अभिनयको मुख्य भुमिकामा पुण्यवती केसी पनि देखिएकी छन् । 

ओखलढुंगाको लिखु गाउपालिका–९ पोकली स्थायी घर भई हाल वैदेशिक रोजगारीको क्रममा जापानमा बसोबास गर्दै आएका खत्री केहि समय अघि मात्रै नेपाल आएका हुन् । वैदेशिक रोजगारीका क्रममा आफुले विभिन्न दु.ख कष्टको सामना गर्नु परेको भन्दै खत्रीले हराएको धन बोलको गीत आफ्नै लागी बनेको बताएका छन् । 

सानै देखि नृत्य तथा अभिनयमा चासो देखाउदै आएका खत्रीकोे यो पहिलो म्युजिक भिडियो हो । उनी भन्छन् ’’मेरो सानै देखि अभिनयमा रुची भएतापनि बाध्यताले त्यो पुरा गर्न सकिन तर अहिले आफैले आफ्नो रहर पुरा गर्दै छुँ । र अब भने कामसँगै कलाकारीता क्षेत्रलाई पनि निरन्तरता दिने सोच राखेको छुँ’’। यस्तै यो भिडियोवाट आफु धेरै नै उत्साहित रहेको र दर्शकले मन पराउने विश्वास रहेको खत्रीको भनाई छ ।