अन्तर्राष्ट्रिय

निर्वाचनका दौरान भएको ह्याकिङका सम्बन्धमा छानबिन गर्ने : ट्रम्प

- प्रतीक्षा खनालप्रतीक्षा खनाल न्यूयोर्क

नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनका दौरान भएको भनिएको रुसी ह्याकिङका सम्बन्धमा छानबिन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

माइक्रो ब्लगिङ्ग साइट ट्वीटरमा आज राष्ट्रपति ट्रम्पले ह्याकिङ काण्डबारे छानबिन गरि ३ महिना भित्र प्रतिबेदन तयार पार्ने उल्लेख गर्नुभएको हो । चुनावी अभियान सम्बन्धी अमेरिकी  वेबसाइट ह्याक गरी ट्रम्पलाई जिताउन रुसले भुमिका खेलेको आरोप चर्को रुपमा उठेपछि उहाँले सो बिषयमा छानबिन गर्ने बताउनुभएको हो ।

संघिय जाँच ब्युरो सि आई बिले पनि सो बिषयमा छानबिन गर्ने बताउको केहि दिन नबित्दै राष्ट्रपति ट्रम्पको भनाई सार्बजनिक भएको हो । 
राष्ट्रपति ट्रम्पले भने निर्बाचनमा रुसको भूमिकाबारे खण्डन गर्दै आउनुभएको छ ।