ओबामा केयरका योजना हटाउने रिपब्लिकनको तयारी
- न्यूयोर्क
अमेरिकाको प्रतिनिधिसभाले राष्ट्रपति बाराक ओबामाको बृहत स्वास्थ्य कार्यक्रम ओबामा केयर विफल उन्मुख भएको छ । बहुमत सदस्य रहेको रिपब्लिकन पार्टीले नयाँ कानुन पारित गर्दै डेमोक्राट पार्टीको बाधालाई हटाएको छ । तर ससंदले ओबामा केयरको स्थानमा नयाँ कानुन ल्याउने तर्फ सजग रहेकाले उचित प्रतिस्थापनको व्यवस्था गर्ने बताइएको छ ।
२ करोड अमेरिकीका लागि उपलब्ध गराईएको स्वास्थ्य सेवा सम्बन्धी ओबामा केयरका बारे राष्ट्रपति चुनावका बेला चर्काे आलोचना गरिएको थियो । आफ्नो कार्यकालको अन्तिम सातामा रहेका राष्ट्रपति ओबामाको महत्वाकांक्षी योजना विफल उन्मुख भएको हो ।
काम गर्ने स्थानले स्वास्थ्य सेवा नव्यहोरेको खण्डमा ओबामा केयरले अमेरिकी जनताको स्वास्थ्य सम्बन्धि खर्च बेहोर्ने गरेको छ । ओबामा केयर कार्यक्रममा समस्या रहेको भन्दै नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सस्तो स्वास्थ्य योजना प्रस्ताव गरेका थिए