रुस र चीनसंग सहकार्यका लागि तयार छु : ट्रम्प
-
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुस र चीनसंग सहकार्यका लागि तयार रहेको बताउनुभएको छ । रुससँग गम्भीर र आपत्तिजनक प्रमाणहरु रहेको भन्दै गरिएको प्रचार तथ्यहीन भएको भन्दै ट्रम्पले आफ्नो कार्यकालमा आफू रुससंग सहकार्यका लागि तयार रहेको बताउनुभएको हो ।
पछिल्लो समय अमेरिकाले रुसमाथि साइबर अपराधको आरोप लगाउँदै आएको छ । गत साता ओबामा प्रशासनले अमेरिकाले ३५ रुसी कुटनितिज्ञलाई साइबर अपराध तथा इमेल ह्याकिङमा संलग्न भएकै आरोपमो अमेरिकाबाट निष्काशन गरेको थियो ट्रम्पले एक चीनका नीतिमा पुनरावलोकन आवश्यक रहेको जिकिर गर्नुभएको छ ।
यसैबीच अमेरिकी सिनेटको अनुसन्धान समितिले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी घुसपैठ तथा इमेल ह्याकिङ सम्बन्धमा छानबिन गर्ने निर्णय गरेको छ । अनुसन्धानका लागि ट्रम्प सहयोगीसंग समेत सोधपुछ गरिने सो समितिले जनाएको छ ।